Logo

मोदीले प्रधानमन्त्री कार्कीलाई नेपाली भाषामै दिए बधाई, भने-‘नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत प्रतिबद्ध’

मोदीले प्रधानमन्त्री कार्कीलाई नेपाली भाषामै दिए बधाई, भने-‘नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारत प्रतिबद्ध’



काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकी सुशीला कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गरेका छन् ।

मोदीले शनिबार सामाजिक सञ्जालमार्फत नेपाली भाषामै बधाई दिदै भनेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नु भएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ ।’

यस्तै उनले हिन्दी भाषामै अर्को सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीलाई बधाई दिएका छन् । नेपालमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा कार्कीको नियुक्तिपछि भारतीय प्रधानमन्त्रीको यस प्रकारको बधाई सन्देशलाई दुई देशबीचको ऐतिहासिक निकटताको प्रतीकका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्