काठमाडौँ । सरकारले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा उद्धार, राहत र पुनर्स्थापनाका लागि १५ करोड बढी आर्थिक सहयोग प्राप्त गरेको छ । १ मंसिरसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १५ करोड २८ लाख २९ हजार रुपैयाँ संकलन भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले बिहीबारसम्म संकलन भएको रकम सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।…