काठमाडौं । अग्रणी आईटी कम्पनी गुगलले वालमार्टको स्वामित्वमा रहेको ई–कमर्स कम्पनी फ्लिपकार्टमा ३५० मिलियन डलर अर्थात लगभग ४६ अर्ब रुपैयाँ बढी लगानी गरेको छ । फ्लिपकार्टद्वारा हालै आयोजित १ अर्ब डलर (करीब १ खर्ब ३३ अर्ब रुपैयाँ) हासिल गर्ने लक्ष्यअन्तरगतको फन्डिङ राउन्डमा गुगलले यो लगानी गरेको हो । फ्लिपकार्टले यो राउन्ड २०२३ मा सुरु गरेको…