काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (बुधबार) जुम्ला जाँदैछन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन ओली जुम्ला जान लागेका हुन् । ओली प्रतिष्ठानको कुलपति हुन् । प्रधानमन्त्री ओली आज बिहान ११ बजे जुम्ला प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र…