काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकायको छपाइ अब प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको छ । मन्त्रालयमा आइतबार मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले मन्त्रालय सम्बद्ध निकायहरूबाट गरिने छपाइसम्बन्धी काम नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको हो । बैठकले प्रज्ञा छापाखानाको क्षमताअनुरूप गर्न सकिने छपाइका कामहरूको विवरणसहितको जानकारी र…