Logo

पर्यटन मन्त्रालय सम्बद्ध सबै निकायको छपाइ प्रज्ञा छापाखानाबाट गर्ने निर्णय, वार्षिक १२ करोड बढीको छपाइ हुने

पर्यटन मन्त्रालय सम्बद्ध सबै निकायको छपाइ प्रज्ञा छापाखानाबाट गर्ने निर्णय, वार्षिक १२ करोड बढीको छपाइ हुने



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयअन्तर्गतका सबै निकायको छपाइ अब प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको छ । मन्त्रालयमा आइतबार मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले मन्त्रालय सम्बद्ध निकायहरूबाट गरिने छपाइसम्बन्धी काम नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा छापाखानाबाट गर्ने निर्णय गरेको हो ।

बैठकले प्रज्ञा छापाखानाको क्षमताअनुरूप गर्न सकिने छपाइका कामहरूको विवरणसहितको जानकारी र प्रतिष्ठानको छपाइसम्बन्धी कार्यविधिमा उल्लेखित सबै निकायलाई प्रतिष्ठानले लेखी पठाउने निर्णय गरेको छ ।

मन्त्रालयको निर्णयसँगै हाल कुल सञ्चालन क्षमताको १५ प्रतिशतमात्र सञ्चालित छापाखाना पूर्ण क्षमतामा सञ्चालनमा आउने छ । यो निर्णयपछि वार्षिक रूपमा १२ करोड रुपियाँ बढीको छपाइ प्रज्ञा छापाखानाबाटै हुने र राज्यको तीनदेखि चार करोड जोगिने मन्त्रालयले जनाएको छ ।

केही समय पहिले संस्कृति मन्त्री पाण्डेले प्रज्ञा प्रतिष्ठानको भ्रमणका क्रममा त्यहाँको छापाखानालाई पूर्ण सञ्चालनमा ल्याई प्रतिष्ठानको आय बढाउनेबारे प्राज्ञहरूसँग परामर्श गरेका थिए।

प्रतिक्रिया दिनुहोस्