Logo

डा.निकोलस भुसाल पक्राउ, थप अनुसन्धानका लागि पोखरा पठाइने

काठमाडौँ । कास्की प्रहरीको हिरासतमा सुतिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार साँझ काठमाडौंको थलीबाट पक्राउ गरेको हो । भुसालले प्रहरीको सिसिटिभीमा देखिएको लामिछानेको तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्वीकार गरेका छन् ।…