काठमाडौं । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि (आइटी) महोत्सवको उद्घाटनका अवसरमा मिथिलाको झिझिया नाचबाट गरिएको स्वागतलाई यहाँका स्थानीयले बिर्सेका छैनन् । यही माघ १० गतेदेखि पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सवमा थारू र भोजपुरी नृत्यप्रति स्थानीयको विशेष आकर्षण थियोभने महोत्सव किनमेलको गन्तव्य पनि बनेको थियो ।…