काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरुको समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली शुरु भएको आज चार वर्ष पुरा भएको उपलक्ष्यमा शनिबार यहाँ आयोजित एक कार्यक्रममा उनले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल…