Logo

गुराँस लाइफको साधारण सभा सम्पन्न, लाभांश पारित

गुराँस लाइफको साधारण सभा सम्पन्न, लाभांश पारित



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय, श्रीराज भवन, तीनकुने, काठमाडौंमा भिडियो कम्फ्रेन्सको माध्यमबाट साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले संचालक समितिले सिफारिस गरे बमोजिम आव २०७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. १,९७,८५,८४,६००। (को ५.५००४१७४ प्रतिशतले हुने आउने रकम रु. १०,८६,६५,४००। (अक्षेरुपी दश करोड छयासी लाख पैंसठ्ठी हजार चार सय मात्र) बराबरको बोनस शेयर जारी गर्ने र सो मा लाग्ने कर वापत ०.२८९४९५६६ प्रतिशत रु. ५७,१९,२३१.५७ (अक्षेरुपी सन्ताउन्न लाख उन्नाइस हजार दुई सय एकतिस र सन्ताउन्न पैसा मात्र) नगद लाभांश (कर प्रयोजनका लागि मात्र) वितरणको प्रस्ताव पारित गरेको छ ।

बोनस शेयर वितरण गर्दा हुन आउने दशमलव पछिको अंक शेयर र पहिला यथावत कायम रहेको दशमलब पछिको अंक शेयर समेत थप गर्दा १ कित्ता शेयर दिन सकिने भएमा सो दिई बाँकी रहन आउने दशमलब पछिको अंक शेयरलाई यथावत राख्ने प्रस्ताव समेत पारित गरेको छ ।

साथै साधारण सभाबाट बोनस शेयर जारी पश्चात् बृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरुप बृद्धि गरि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक समितिका अध्यक्ष तथा संचालकहरुको बैठक भत्ता बृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवं स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL