Logo

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या उल्लेख्य, आठ महिनामा एक लाख आठ हजार बढी पर्यटकद्धारा भ्रमण

काठमाडौं । कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा चहल पहल बढ्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या सन्तोषजनकरुपमा वृद्धि भएको हो । गत आर्थिक वर्षमा आएका पर्यटकको सङ्ख्याभन्दा चालु आर्थिक वर्षको आठ महिनामा आएका पर्यटकको सङ्ख्या बढेको छ । यस अविधिमा निकुञ्जमा एक लाख आठ हजार २५४ पर्यटकले भ्रमण गरिसकेका छन् ।…