काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ) को पाँचौं समीक्षा सम्पन्न गरेको छ । यो समीक्षासँगै आईएमएफले नेपाललाई इसिएफअन्तर्गतको करिब पाँच अर्ब ८१ करोड रुपैयाँ (चार करोड १८ लाख अमेरिकी डलर बराबर) निकासा गर्ने भएको छ । आईएमएफ कार्यकारी बोर्ड बैठकपछि शुक्रबार जारी प्रेस विज्ञप्तीअनुसार नेपालले…