Logo

कृषि कर्म गर्न सहरबाट गाउँ फर्किए राई दम्पती, ७२ रोपनी जमिनमा कागती खेती सुरु

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सुमन राई सात वर्षअघिसम्म राजधानी काठमाडौँमा होटल व्यवसाय गर्थे । काठमाडौँको सिनामङ्गलमा ‘होटल कल्पबृक्ष’ सञ्चालन गरेका उनको मासिक आम्दानी रु दुई लाखसम्म थियो । छोराछोरीलाई सुविधासम्पन्न ठाउँमा राखेर पढाउने उद्देश्यले २०६३ सालमा श्रीमती सवितासँगै काठमाडौँ छिरेका सुमन २०७२ वैशाखमा गएको भूकम्पपछि गाउँ फर्किए । नौ वर्ष काठमाडौँ…