काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा अवरुद्ध भएको सडक सुचारु भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको थियो । जिल्ला प्रहरी कार्यालयले पहिरोका कारण सवारीसाधन दुईतर्फी नै रोकिए पनि अहिले पहिरो हटाएर सडक सुचारु भएको छ ।