Logo

मौद्रिक नीति सन्तुलित छ, अब विस्तारै कर्जाको ब्याज घट्छ : बैंकर संघ

मौद्रिक नीति सन्तुलित छ, अब विस्तारै कर्जाको ब्याज घट्छ : बैंकर संघ



काठमाडौं । नेपाल बैंकर संघले चालु आर्थिक वर्षको लागि आएको मौद्रिक नीति सन्तुलित भएको जानकारी दिएको छ । सोमबार संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा बोल्दै संघका अध्यक्ष सुनिल केसीले उक्त कुरा बताएका हुन् । यस्तै उनले आगामी दिनहरुमा ब्याजदर पनि विस्तारै घट्दै जाने बताएका छन् ।

laxmi

राष्ट्र बैंकले मौद्रिक नीतिमा लिएका नीतिले स्थायीत्व ल्याउन खोजेको उनको भनाई छ । केन्द्रिय बैंकले सिआरआर, एसएलआरलगायतका दरहरु स्थिर राखेर आफ्नो नीतिलाई स्थायीत्व दिन खोजेको उनले बताए ।

गएको पुस–माघतिर कर्जाको औसत ब्याजदर १३.१३ प्रतिशत पुगिसकेको थियो । तर अहिले जेठमा आउँदा १२.५३ प्रतिशतमा झरिसकेको छ । यसरी ६० आधार विन्दु हाराहारीमा ब्याजदर घटिसकेको केसीको दावी छ। ‘गत पुसमा बैंकहरुको आधार दर उच्चतम विन्दुमा पुग्दा १०.९३ प्रतिशत पुगेको थियो । त्यो पनि अहिले १०.१९ प्रतिशतमा झरिसकेको छ ।’ केसी भन्छन् । अझै पनि ब्याजदर घट्ने क्रम जारी रहेको उनी बताउँछन् । राष्ट्र बैंकले बैंकहरुलाई असारबाटै ब्याजदर अन्तर (स्प्रेड) ४ प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरेको थियो । यसले पनि कर्जाको ब्याजदर अझै घट्दै जाने अवस्था रहेको उनी बताउँछन् ।

पछिल्लो समयमा निजी क्षेत्रले ब्याजदर बढी भयो भन्ने कुरा उठाउँदै आएको थियो । उच्च ब्याजदरले पारेको असरलाई मौद्रिक नीतिले पनि केही सम्बोधन गरेको र अहिले नै ब्याजदर केही प्रतिशत कम भइसकेको उनी बताउँछन् । मौद्रिक नीतिले केहि नयाँ विषय पनि समेटेको बैंकरहरुको बुझाई छ ।

‘स्थायी निक्षेप संकलन सुविधाको व्यवस्था गरिएको छ , विगतमा अन्तर बैंक दर कहिले ०.५ प्रतिशत पुग्ने, कहिले ९ प्रतिशत पुग्ने अवस्था थियो । तर अहिले ४.५ प्रतिशतभन्दा कम हुने वित्तीकै राष्ट्र बैंकमा लगेर निक्षेप राख्न पाइने सुविधा कार्यान्वयनमा आएपछि बैंकहरुलाई ट्रेजरी व्यवस्थापनमा सहजता हुने र ब्याजदरको उतारचढाव नियन्त्रण हुने छ ।’ केसी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL