काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार डलर नाघेको छ । मध्यपूर्वको ईजरायलमा देखिएको तनावका कारण सुनको बजार नै सिफ्ट हुँदा पछिल्लो समय सुनको मूल्य लगातार उकालो लागिरहेको छ । यसको प्रत्यक्ष असर नेपालमा पनि देखिँदा शुक्रबार मात्रै नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतितोला १ लाख १६ हजार रुपैयाँ पुगेको थियो…