काठमाडौँ । पेट्रोल पम्पहरुमा रहेका शौचालयलाई, निःशुल्क सार्वजनिक शौचालयका रुपमा सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले ५० वटालाई सरसफाइ र स्वच्छताका सामग्री उपलब्ध गराउने भएको छ । महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइ र वागमती पेट्रोलियम डिलर एशोसिएसन बिच सम्झौता भएको छ । सम्झौता पत्रमा एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्य र एशोसिएसनकातर्फबाट अध्यक्ष अच्युतबहादुर खड्काले हस्ताक्षर गरेका छन् ।…