Logo

नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी, सहकार्यमा कृषि क्षेत्रको प्रवर्द्धन गरिने

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । कृषि प्रवद्र्धन गर्नका लागि यी दुई संस्थाबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको हो । कृषि प्रवद्र्धन, अनुसन्धान, विकास, पूर्वाधार निर्माण, यान्त्रिकीकरण, तथा साना किसानहरूमा उद्यमशीलता विकासका लागि उक्त समझदारी गरिएको हो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको उपस्थितिमा बैंकका वरिष्ठ…