काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आइतबार (आज) देखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ । विद्युत् प्राधिकरण अन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सार्वजनिक गरेको सूचना अनुसार काठमाडौंका विभिन्न वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा दैनिक चार घण्टा बिजुली अवरूद्ध हुने भएको हो । आयोजनाले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि ती क्षेत्रहरूमा…