काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’लाई कारवाही गर्न औषधि व्यवस्था विभागलाई लेखेर पठाएको छ । यो फार्मेसी महानगरपालिकाको वडा नं. ३, महाराजगञ्जमा रहेको टिचिङ् हस्पिटल (शिक्षण अस्पताल) को प्राङ्गणमा छ । उपभोक्ताको गुनासो आएपछि महानगरपालिकाको अनुगमन टोलीले फार्मेसीको अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी विक्री गरेको स्वीकार गरेका थिए । पसलमा म्याद सकिएका…