काठमाडौं । सर्वाेत्तम सिमेन्टको छैटौँ वार्षिक साधारण सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ। सभामा कम्पनीले सेयरधनीहरूका लागि लाभांश वितरणसम्बन्धी प्रस्तावहरू पनि पारित गरेको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको ७ प्रतिशतका दरले ३२ करोड ५५ लाख बराबरको बोनस सेयर र ३ प्रतिशतका दरले १३ करोड ९५ लाख नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने निर्णय गरेको हो।…