काठमाडौँ । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई पाँच करोड आर्थिक सहायता वितरण गरेको छ । विगत एक वर्षमा पाँच सय बिरामीले उक्त सहायता लिएका छन् । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सहायताका लागि दुई हजार सात सय जना विरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।…