बिजखबर संवाददाता १ चैत,काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक मदन खरेलले राजिनामा दिएका छन् । उनले आइतवार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गई राजिनामा दिएका हुन् । राजिनामा पत्रमा स्वाथ्स्थयको कारण देखाइएपनि वातावरण सहज नभएकोले राजिनामा दिएको बुझिएको छ । २७ महिनाअघि खुल्ला प्रतिशपर्धाबाट महाप्रवन्धक बनेका थिए ।