काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याएको छ । पर्यटन प्रवर्द्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका हुन् । होमस्टेको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शुभारम्भ गर्दै यसबाट स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘नजिकै रहेको उपर्दाङ्गगढीमा…