काठमाडौं । २ हजार ३ सय ५६ मेगावाट क्षमताका करीब १ सय ७ वटा आयोजना निर्माणको चरणमा रहेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ती आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन् । वित्तीय व्यवस्थापन गरी निर्माणमा रहेका ती आयोजनामध्ये अधिकांश आगामी वर्ष निर्माण सम्पन्न गर्ने जानकारीसमेत प्राधिकरणलाई गराएका छन् । प्राधिकरणले ३३ औँ वार्षिकोत्सवको…