काठमाडौं । शुक्रबार तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक गतिविधिमा संलग्न दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डर पक्राउ परेका छन्। ‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई बालाजु क्षेत्रबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले बताए। शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा राजभण्डारी पनि सहभागी थिए। प्रदर्शन हिंसात्मक हुँदा…