काठमाडौं । बजारमा क्रेडिट क्रञ्चको अवस्था आएसँगै बैंकहरुबीच संस्थागत निक्षेप तान्न अस्वस्थ्य प्रतिस्पर्धा देखिएको छ । संस्थागत निक्षेपकर्ताले बैंकहरुमा मुद्दती निक्षेप राख्नका लागि ब्याजदर बढावढमा बोलपत्र आब्हान गरेपनि आन्तरिक कमिशनको आधारमा राख्ने क्रम बढेको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ले जानकारी दिए । ‘पछिल्लो समय ठूला संस्थागत निक्षेपकर्ताले मुद्दती खातामा पैसा राख्नका लागि मोलबढावढमा…