Logo

ओप्पो बन्यो यो बर्षको हेर्नलायक ब्रान्ड, पायो ‘वान टू वाच’ पुरस्कार

ओप्पो बन्यो यो बर्षको हेर्नलायक ब्रान्ड, पायो ‘वान टू वाच’ पुरस्कार



काठमाडौं । स्मार्टफोन ब्रान्ड ओप्पो ‘वान टू वाच’ पुरस्कारबाट सम्मानित भएको छ । लण्डनमा टेकरेडारद्वारा आयोजित मोबाइल कञ्जुमर च्वाइस अवार्ड समारोहमा कम्पनीलाई उक्त पुरस्कारद्धारा सम्मान गरिएको हो ।

यो बर्षको हेर्नैपर्ने ब्रान्डका रुपमा तिब्र प्रतिश्पर्धाका बाबजुत कम्पनीले आफुलाई अगाडी बढाएको हो ।
विभिन्न कम्पनी मध्यबाट उपभोक्ताको छनोटका कम्पनीलाई उक्त पुरस्कारबाट सम्मान गरिएको हो । करिव ३ महिना अगाडी मात्रै आधिकारिक रुपमा युरोप प्रवेश गरेको ओप्पोले छोटो अवधिमै यूरोपेली बजारमा अग्रणी ब्राण्डका रुपमा स्थापित भएको छ ।
मोबाइल च्वाइस कञ्जुमर एवार्ड, विगत १८ बर्षदेखि मोबाइल उद्योगका उत्कृष्ट (ह्याण्डसेट देखि सर्भिस, ब्राण्ड्स देखि रिटेलर) लाई सम्मानित गरिने कार्यक्रम हो ।

सन् २०१८ को विशेष संस्करणका लागि मोबाइल च्वाइस अवार्डले यूकेको अग्रणी प्राविधिक वेभसाइट ‘टेकरेडार’संग अझ बढी उपभोक्ता भोटिङका लागि सहकार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL