काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाईडबडी बिक्रीमा संलग्न रहेका ५ ओटा अन्तरराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई बोलाएको छ । नेपाल वायुसेवा निगमलाई दुईवटा ठूला जहाज (वाइडबडी) बिक्रीमा संलग्न रहेका पाँचवटा अन्तरराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई सार्वजनिक सूचनामार्फत् अख्तियारले बोलाएको हो । अख्तियारले आयरल्यान्डको हाइफ्लाई एक्स, अमेरिकन कम्पनी एएआर इन्टरनेसनल, जर्मन एभियन क्यापिटल जीएमबीएम र पोर्चुगलको हाई फ्लाई एयरलाइन्स…