काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको भर्खरै सम्पन्न ५४ औँ वार्षिक साधारणसभाका समयमा दिएका आश्वासन पूरा गर्ने समय आएको बताएका छन् । आइतबार कैलाली उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै उनले महासंघका सबै नेतृत्वले निर्वाचनका समयमा दिएका आश्वासनलाई साँचो अर्थमा पूरा गर्ने समय आएको बताएका हुन् ।…