काठमाडौं । कतार एयरवेज ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गर्ने पहिलो एयरलाइन्स बनेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए), कतार जनस्वास्थ्य मन्त्रालय, प्राथमिक स्वास्थ्य सेवा निगम तथा हमाद चिकित्सा निगमको सहकार्यमा यही मार्च ११ देखि मध्यपूर्वी एसियामा अत्याधुनिक आईएटीए ट्राभल पास ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गरिएको हो । एयरलाइनको दोहादेखि इस्तानबुलसम्मको उडानका यात्रुहरु…