काठमाडौं । यूनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् । उनलाई आगामी ४ वर्षका लागी सीईओमा नियुक्त गरिएको हो । उनकोे नियुक्ति संगै उनी बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत भएकी छन् । यस्तै उनी हालसम्मका सीईओहरुमध्ये सबैभन्दा कम उमेर अर्थात ३४ वर्षको उमेरमा सीईओ हुन सफल भएकी छन् ।…