काठमाडौं । पछिल्लो समय प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडीआई)मा वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गत आवको सोही अवधिको तुलनामा एफडीआई झण्डै साढे ३ अर्ब रुपैयाँले बढेको हो । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा चालु आवको ५ महिना अर्थात साउनदेखि पुष मसान्तसम्म कुल २५ अर्ब ७७ करोड ६४ लाख…