काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य पनि सामान्य ओरालो लागेको छ…