काठमाडौं । एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४२ औं मिडटर्म बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल शुक्रवार राति मंगोलिया प्रस्थान गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको २२ सदस्यीय टोली मंगोलियाको राजधानी उलानबाटोरमा जेठ ३२ बाट शुरु हुने बैठकमा सहभागी हुन त्यस तर्फ प्रस्थान गरेको हो…