काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लगानीकर्ताका गुनासा सुनुवाइ गर्न वेवसाइटमा च्याटबोटको सुरुवात गरेको छ । सोमबार (आज) देखि सुरु भएको विश्व लगानीकर्ता सप्ताह–२०२३को उद्घाटन कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष रमेश हमालले च्याटबोटको सुरुवात गरिएको जानकारी दिए । अध्यक्ष हमालले भने ‘अब लगानीकर्ताहरुले आफ्ना गुनासा र जिज्ञासा च्याटबोटमार्फत राख्न सक्नेछन् यसमार्फत प्राप्त गुनासा र जिज्ञासा…