काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि गएको आईतबारसम्म सरकार कांग्रेस र माओवादीको गठबन्धनको थियो । एकाएक सोमबार नयाँ गठबन्धन बनेसँगै कांग्रेस सरकारबाट बाहिरिएको हो । यता प्रधानमन्त्री प्रचण्डले सोमबार नै नेकपा एमाले, रास्वपालगायतका दलहरुलाई समेटेर नयाँ समिकरण…