काठमाडौं । वर्षासँगै परेको चट्याङले रोल्पामा दुई महिलाको मृत्यु भएको छ । प्रहरीले मंगलबार बिहान १ बजेतिर चट्याङ पर्दा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–३ का दुई महिलाको ज्यान गएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनछहरी–३ बाहिरीगामस्थित दाङ्जा गाउँका २२ वर्षीया जैता घर्ती मगर र १४ वर्षीया गोमाला घर्तीमगरको चट्याङ लागेर मृत्यु भएको हो ।…