GBIME

भारतसँग सीमा जोडिएको झुलाघाटमा नेपाल टेलिकमको इन्टरनेटको पहुँच, अन्तर्राष्ट्रिय कनेक्टीभिटीमा सहयोग


बिजखबर संवाददाता
19 October, 2022 10:05 am

काठमाडौं । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट क्षेत्रमा इन्टरनेटको पहुँच पुगेको छ ।

NABIL
lAXMI_BANK

नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमटाका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि सो क्षेत्रमा इन्टरनेट विस्तार गरेको हो । इन्टरनेटको पहुँच पुगेसँगै सरकारी काममा सहजता आएको छ ।

विशेष गरी नाकामा रहेका महाकाली भन्सार कार्यालय, सीमा प्रहरीचौकी, सशस्त्र प्रहरी बलको कार्यालयका सेवा प्रवाहमा सहयोग पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL