Logo

कर्फ्यू भोलि बिहान ६ बजेसम्म कायम, सेनाद्वारा कडा कारबाहीकाे चेतावनी

कर्फ्यू भोलि बिहान ६ बजेसम्म कायम, सेनाद्वारा कडा कारबाहीकाे चेतावनी



काठमाडौं । नेपाली सेनाले हिजाे साँझदेखि जारी गरिएको कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म निरन्तर रहने जनाएको छ । सेनाले जारी गरेको विज्ञप्तिमा उक्त समयपश्चात परिस्थिति मूल्याङ्कन गरी आवश्यक निर्णय लिइने उल्लेख गरिएको छ ।

आन्दोलनपछिको अवस्थालाई सम्बोधन गर्दै सेनाले समस्या समाधानका लागि सम्बद्ध निकायहरूसँग निरन्तर समन्वय भइरहेको पनि जानकारी दिएको छ ।

यस्तै, आन्दोलनका नाममा हुने तोडफोड, लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिमाथि लक्षित आक्रमणलाई दण्डनीय अपराध मानिने र सुरक्षाकर्मीबाट कडा कारबाही हुने चेतावनी दिएको छ ।

सेनाले अवकाश प्राप्त सैनिकदेखि सुरक्षाकर्मी, सञ्चारकर्मी तथा आम नागरिक सबैलाई अफवाहमा नलागी आधिकारिक सूचना मात्रमा भर पर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्