काठमाडौं । जेनजी युवाको उग्र प्रदर्शनका क्रममा मंगलबार आगजनी हुँदा सर्वोच्च अदालत पूर्णरुपमा ध्वस्त भएपछि सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
अदालत प्रशासनका अनुसार आगलागीबाट सम्पूर्ण संरचना क्षतिग्रस्त भएकाले निर्धारित पेसीमा रहेका कुनै पनि मुद्दाको सुनुवाइ तत्काल सम्भव नरहेको जनाइएको छ ।
यसअघि मंगलबारको प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी हुँदा भवन र अभिलेखहरु समेत जलेर नष्ट भएका थिए ।
