Logo

महाराजगञ्ज प्रहरी वृत्तका दुई प्रहरीको मृत्यु, अन्य सम्पर्कविहीन

महाराजगञ्ज प्रहरी वृत्तका दुई प्रहरीको मृत्यु, अन्य सम्पर्कविहीन



काठमाडौं । जेनजीको मंगलबारको प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई प्रहरीको ज्यान गएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले एक असईसहित दुई प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन् ।

घटनापछि बाँकी प्रहरीमध्ये केही सम्पर्कविहीन रहेको र यकिन विवरण अझै प्राप्त नभएको घिमिरेले जानकारी दिएका छन् । उनले भने, ‘कतिपयको अवस्था प्रष्ट छैन, पत्ता नलागेको भएकाले अहिले ठ्याक्कै भन्न सकिने अवस्था छैन ।’

प्रतिक्रिया दिनुहोस्