Logo

सागर डिष्टिलरीको आईपीओ स्थगित, सबै सामान्य भएपछि नयाँ मिति तोकिने

सागर डिष्टिलरीको आईपीओ स्थगित, सबै सामान्य भएपछि नयाँ मिति तोकिने



काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले साधारण सेयर (आईपीओ) को सार्वजनिक निष्काशन तथा विक्री प्रक्रिया स्थगित गरेको छ।

कम्पनीले मिति २०८२ भदौ १७ गते सार्वजनिक आह्वानपत्र प्रकाशित गर्दै भदौ २५ गतेदेखि आईपीओ खुला गर्ने तयारी गरेको थियो। तर, मुलुकमा देखिएको विषम परिस्थिति कारण उक्त प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ।

यसअघि तय गरिएको तालिकाअनुसार सर्वसाधारणले भदौ २५ गतेदेखि शेयरमा आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। तर अब नयाँ मिति तोकिएपछि मात्र आवेदन प्रक्रिया खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्