Logo

अर्थ समितिलाई प्राधिकरणको जवाफ : कानुन नमानेकाले एनसेलको सेयर खरिदविक्री अवैधानिक

अर्थ समितिलाई प्राधिकरणको जवाफ : कानुन नमानेकाले एनसेलको सेयर खरिदविक्री अवैधानिक



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले एनसेलको सेयर खरिदविक्री अवैधानिक रहेको जवाफ पठाएको छ । अर्थसमितिले सोधेका प्रश्नको लिखित जवाफ पठाउँदै प्राधिकरणले कम्पनीको सेयर खरिदविक्रीका बेलामा नेपालको कानुनको पालना नभएकाले यो अवैधानिक रहेको बताएको हो ।

laxmi

दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नुअघि नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ । यस्तै नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) वमोजिम आफ्ना सेयरधनीको खरिद बिक्री वा नामसारी गर्नुपूर्व नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने हुन्छ ।

तर, कम्पनीले यी कानुनमा नटेकिकनै अर्थात प्राधिकरणलाई जानकारी नै नदिईकनै सेयर खरिदविक्री गरेकाले यो अवैधानिक भएको प्राधिकरणले जानकारी दिएको छ । यसरी अवैधानिक काम गरेको खण्डमा प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को व्यवस्था बमोजिम कारवाही प्रक्रिया अगाडी बढाउन सकिने प्राधिकरणले जानकारी दिएको छ ।

गएको मंसिर १५ गते एनसेलको सबैभन्दा लगानीकर्ता अजियाटाले आफ्नो हिस्साको सेयर स्पेक्ट्रलाईट युकेलाई बेचेको बताएको थियो । साढे ६ अर्ब रुपैयाँमा मात्रै कम्पनीको ८० प्रतिशत सेयर स्वामित्व किनबेच हुँदा नेपालमा हलचल मच्चिएको थियो । यसअघि नै करछलीको प्रकरण व्यहोरीरहेको एनसेलले पुनः ठुलो मात्रामा कर छलेको आशंकासँगै अर्थसमितिले पनि यसमा छलफल चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL