Logo

एनसेल खरिदविक्री विरुद्ध मुद्धा दर्ता, खरिदविक्री रोक्न आदेश माग

एनसेल खरिदविक्री विरुद्ध मुद्धा दर्ता, खरिदविक्री रोक्न आदेश माग



काठमाडौं । हालै बाहिर आएको एनसेल खरिदविक्री कार्य तत्काल रोक्न आदेशको माग गर्दै उच्च अदालत पाटनमा मुद्धा दर्ता भएको छ । बुधबार एनसेलको मुख्य लगानीकर्ता अजियाटा र अजियाटासँग भएको ८० प्रतिशत सेयर खरिद गरेको स्पेक्ट्रलाईट युकेविरुद्ध मुद्धा दर्ता भएको हो । खासगरी एनसेलको सेयर खरिदविक्री प्रक्रियालाई सहजीकरण गर्ने र गराउने नेपालका सरकारी निकायहरुविरुद्ध गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा मुद्धा दर्ता गराएका हुन् ।

laxmi

रिट निवेदनमा विभिन्न १० निकायलाई विपक्षी बनाईएको छ । जसमा मुख्य विपक्षी कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल दूरसंचार प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, संचार मन्त्रालयलगायतका निकाय छन् । उक्त निकायहरुले हालै सम्पन्न गरिएको भनिएको एनसेलको सेयर खरिदविक्रीमा आवश्यक छानविन र निर्देशन दिनुपर्ने गरी अदालतको अन्तरिम आदेशको माग गरिएको छ ।

एनसेलको सेयर खरिदविक्री सम्झौता नै कर छली गर्नेगरी गरिएको हुनाले यसका विरुद्ध अदालतले उचित कानुनसँगै सम्बन्धित निकायलाई कारबाहीको आदेश दिनुपर्ने माग रिटमा गरिएको छ ।

यस्तै रिटमा एनसेलको लगानीकर्ता अजियाटा लिमिटेड र नेपाली साझेदार कम्पनी सुनिभेरा क्यापिटल भेन्चरले सन २०१५ मा टेलियासोनेराले पुँजीगत लाभकर दिन भनी बुझाएको रकम वैदेशिक मुद्रा अपचलन गरेको बताईएको छ । त्यसका विरुद्ध पनि रोकायाले अपराधिक मुद्धा दर्ता गरेका हुन् ।

रिट निवेदनमा उल्लेख भएअनुसार एनसेलको यसअघिको स्विडिश लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने क्रममा सरकारलाई पुँजीगत लाभकर तिर्न दिएको ४ सय मिलियन अमेरिकी डलर (५३ अर्ब २० करोड रुपैयाँ) हालै दुई कम्पनीका व्यवस्थापक र संचालकले बाँडेर लिएको आरोप लगाईएको छ । उनिहरुले यसरी सरकारलाई पुँजीगत लाभकरको रुपमा दाखिल गराउनुपर्ने पैसा आफै बाँडेको आरोप रिटमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL