काठमाडौं । नेपााल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २ वाणिज्य बैंकले मात्र हालसम्म लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा एभरेष्ट बैंक र माछापुच्छ«े बैंक रहेका छन् । एभरेष्ट बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमध्ये ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश रहेको छ । लाभांश घोषणा गरेपनि यस बैंकले हालसम्म बुक क्लोज र साधारण सभाको मिति भने तय गरेको छैन ।
यता, माछापुच्छ«े बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ४ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश रहेको छ । उक्त लाभांश पारित गर्न यस बैंकले असोज १० गते वार्षिक साधारण सभा डाकेको छ । सभा होटल पोखरा ग्राण्ड पार्दी पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।
नेप्सेमा अहिले १९ वाणिज्य बैंक सूचीकृत छन् । तीमध्ये हालसम्म २ बैंकले मात्रै लाभांश घोषणा गरेका हुन् । नियामकिय प्रवधानअनुसार चालु आर्थिक वर्ष सुरु भएको छ महिनाभित्र अर्थात पुस मसान्तसम्म सूचीकृत कम्पनीले अघिल्लो आर्थिक वर्षको साधारण सभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यद्दपि, विगतलाई हेर्दा बैंक तथा वित्तीय संस्थाले अन्तिम समयमा मात्रै लाभांश घोषणा र एजीएम बोलाउँदै आएका छन् । तथापि, केही बैंकहरुले भने लाभांश घोषणा र साधारणको लागि वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाइसकेका छन् । वित्तीय विवरण राष्ट्र बैंकले स्वीकृत गरेसँगै उनीहरुले लाभांश घोषणा गर्नेछन् ।
यता, पछिल्लो समय जेनजीको आन्दोलन तथा त्यसको असरकको कारण केही बैंकहरुको लाभांश घोषणामा भने ढिलाई भएको छ । नेप्से कारोबार भने असोज २ गतेसम्म बन्द गर्ने नेप्सेले जनाएको छ । असोज ३ र ४ गते क्रमाशः शुक्रबार र शनिबार परेको छ । यसदिन सेयर कारोबार खुला हुँदैन । तसर्थ, यहि निर्णय नै कायम रह्यो भने असोज ५ गतेमात्रै सेयर कारोबार खुला हुनेछ ।
लाभांश घोषणा गर्न बाँकी १३ बैंक लाभांश दिन सक्ने अवस्थामा
लाभांश घोषणा गर्न बाँकी १७ बैंकमध्ये १३ बैंक लाभांश दिन सक्ने अवस्थामा रहेका छन् । सबैभन्दा धेरै लाभांश दिने क्षमता भएको एभेष्ट बैंकले लगानीकर्तालाई लाभांश घोषणा गरिसकेको छ । यस बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत थियो । यस बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत लाभांश घोषणा गरेको हो । दोस्रो धेरै लाभांश दिने क्षमता सानिमा बैंकको रहेको छ । यसको प्रतिसेयर लाभांश दिने क्षमता २०.४७ प्रतिशत छ । तथापि, यसले हालसम्म लगानीकर्तालाई लाभांश घोषणा गरेको छैन ।
यता, ४ बैंक भने लाभांश दिन नसक्ने अवस्थामा रहेका छन् । लाभांश दिन नसक्ने अवस्थामा कुमारी बैंक, एनआइसी एसिया बैंक, हिमालयन बैंक र नेपाल बैंक रहेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार यी बैंकहरु लाभांश दिन नसक्ने अवस्थामा रहेको देखिएको हो ।