Logo

असोज महिनाका लागि बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?

असोज महिनाका लागि बैंकहरुले घटाए ब्याजदर, कुन बैंकको कति ?



काठमाडौं । असोज महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । भदौको तुलनामा असोजमा वाणिज्य बैंकहरुको ब्याजदर घटाएका हुन् । एक महिनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर ०.११ प्रतिशत बिन्दुले घटेको हो । असोजको लागि २० वाणिज्य बैंकहरुको औसत ब्याजदर ५.४६ प्रतिशत निर्धारण भएको छ । भदौको लागि ५.५८ प्रतिशत कायम भएको थियो ।

एक महिनामा २० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने २ वटा बैंकको बढेको छ । यी दुई बैंकले क्रमश ०.२५ प्रतिशतविन्दु र ०.०५ प्रतिशतविन्दुले ब्याजदर बढाएका हुन् ।

असोजको लागि ५ बैंकको ब्याजदर ६ प्रतिशत निर्धारण भएको छ । ६ प्रतिशत ब्याजदर दिनेमा ग्लोबल आइएमई, माछापुच्छ्रे, एनएमबि, हिमालयन र एनआईसी एसिया बैंक रहेका छन् । सबैभन्दा कम ब्याजदर दिनेमा कुमारी बैंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्