Logo

नेपालबाट बाहिरिनुमा अजियाटाले दियो सरकारलाई दोष, सात बर्षमा तीन खर्ब सरकारलाई तिर्याैं, फाईदा जम्मा ६२ अर्ब मात्रै

नेपालबाट बाहिरिनुमा अजियाटाले दियो सरकारलाई दोष, सात बर्षमा तीन खर्ब सरकारलाई तिर्याैं, फाईदा जम्मा ६२ अर्ब मात्रै



काठमाडौं । एनसेलको मुख्य लगानीकर्ता कम्पनी अजियाटा बर्हाड ग्रुपले नेपालबाट फाईदै नभएपछि लगानीबाट हात झिक्नुपर्ने अवस्था आएको बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले पछिल्लो ७ बर्षमा आम्दानीको ठुलो हिस्सा करमै भुक्तानी गरेको र लाभांसको रुपमा न्युन पैसा मात्रै पाएका कारण नेपाल छोड्नुपर्ने बाध्यकारी अवस्था निम्तिएकाे बताएको छ ।

laxmi

कम्पनीका अनुसार अजियाटाले एनसेलमा रहेको ८० प्रतिशत सेयर सन २०१६ मा खरिद गरेको थियो । त्यसयता कम्पनीले नेपाल सरकारलाई करवापतको मात्रै २ खर्ब ८३ अर्ब रुपैयाँ भुक्तानी गरेको दावी गरेको छ । तर, लाभांसवापत अजियाटा समुहमा जम्मा ६२ अर्ब ७४ करोड रुपैयाँ मात्रै योगदान पुगेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिका अनुसार यसरी नेपालको कम्पनीमा लगानी गरेर आश गरेको भन्दा न्युन फाईदा भएकै कारण एनसेलबाट हात झिक्नुपरेको उल्लेख गरेको छ । अजियाटा ग्रुपका अध्यक्ष तान श्री सहरील रिजा रिजवानले अब एनसेलबाट हात झिकेसँगै अजियाटा ग्रुप थप मजबुत र आफ्नो रणनीतिमा अघि बढ्न सक्ने बताए ।

यस्तै अजियाटा ग्रुपका कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देश विवेक सुदले ७ बर्ष लामो कठोर मेहनतका बावजुद पनि सरकारी नीति र असहजीकृत वातावरणका कारण बाहिरिनुपरेको बताए । नेपालको सरकारी नीतिले विदेशी लगानीका कम्पनीहरु २५ बर्षपछि पुर्ण रुपमा सरकारको स्वामित्वमा जाने व्यवस्था छ । सोही व्यवस्था र उच्च करका कारण आफुहरु बाहिरिनुपरेको उनको भनाई छ ।

खासगरी दूरसंचार ऐन २०५३ मा नेपालमा संचालित दूरसंचार कम्पनीमा बहुमत सेयर विदेशी कम्पनीको भए संचालनको २५ बर्षपछि त्यसको स्वामित्व सरकारमा जाने उल्लेख छ ।

यसैका कारण नेपालबाट बाहिरिने घोषणा गरेको अजियाटाले एनसेलमा भएको आफ्नो हिस्साको ८० प्रतिशत सेयर नेपाली साझेदार सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाईट युकेलाई बेचिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL