काठमाडौं । जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट १८ किलो सुन र ५ करोड नगद चोरी तथा लुटपाट भएको छ । भदौ २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वर संसद भवन पछाडि रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा तोडफोड र लुटपाट भएको हो । कुन समूहले सुन र नगद चारी गर्यो भन्ने अझै खुलेको छैन ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सोमबार राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरि त्यहाँ भएको क्षतिको अवस्थाबारे जानकारीसमेत लिएका थिए । बैंकका गभर्नर पौडेलले जेनजी आन्दोलनका क्रममा केही बैंकका शाखा कार्यालय र एटीएम प्रभावित भए पनि बैंकिङ प्रणाली भने सुरक्षित रहेको बताएका छन् । उनले ६८ वटा बैंकका शाखा कार्यालयमा आक्रमण भएको जानकारी दिए । त्यस्तै, ६९ वटा एटीएममा केही क्षति पुगेको भए पनि समग्र प्रणाली सामान्य अवस्थामा रहेको गभर्नर पौडेलको भनाइ छ ।