Logo

गरिमा विकास बैंकद्धारा मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु, ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव

गरिमा विकास बैंकद्धारा मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरु, ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्क सँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ् एप ‘गरिमा डिजि बटुवा’ बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बैंकका ग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिङ एपमा सो सेवा सुचारु गर्न सक्नेछन् ।

उक्त भर्चुअल क्रेडिट कार्ड मार्फत ग्राहकले फोन पे को कुनै पनि क्युआर कोड र फोन पे नेटवर्कमा सजिलै भुक्तानी गर्न सकिनेछ । न्यूनतम १० हजार देखि अधिकतम १ लाख सम्म सम्म क्रेडिट सीमा रहेको यस भर्चुअल क्रेडिट कार्डमा भुक्तानीकालागि ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम उपभोग गर्न सक्नुका साथै हिसाब राफ साफमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प समेत लिन सक्नेछन् ।

भौतिक रुपमा नभई मोबाईल बैकिङएपमा भर्चुअल रुपमा उपलब्ध हुने यस सुविधाले ग्राहकलाई थप सुरक्षित र नविनतम अनुभव दिने विश्वास विकास बैंकले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्